मतदानपछि सुहाङले भने- जित सुनिश्चित छ


२ मा शनिबार भइरहेको उपनिर्वाचनमा एमालेका उम्मेदवार रहेका सुहाङ नेम्वाङले आफ्नो जित सुनिश्चित रहेको बताएका छन्।मतदान गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो घरदैलको क्रममा जनताले गरेको माया, विश्वास र प्रतिक्रियाबाट आफू निश्चिन्त रहेको बताए।उनले विशेष परिस्थितिमा निर्वाचन भएको भन्दै मतदानपछि आफूमा उत्साह महसुस भइरहेको बताए।२०७९ मंसिर ४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका उम्मेदवार सुवास नेम्वाङ विजयी भएका थिए। तर उनको निधन भएपछि भएको उपनिर्वाचनमा एमालेका तर्फबाट सुवासकै छोरा सुहाङ उम्मेदवार बनेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *