नेपालबाहिर सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने सिनेमा


नेपाली कथानक चलचित्र ‘महाजात्रा’ नेपालबाहिर सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने नेपाली चलचित्र बनेको छ । प्रदर्शनको चौथो हप्तामा प्रवेश गर्दा नै यो चलचित्रले नेपालबाहिर सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड बनाएको षट्कोण आर्टसले जनाएको छ ।

निर्माता दीपेश खत्री ‘म्याक्स’का अनुसार ‘महाजात्रा’ले अन्तर्राष्ट्रिय बजारमा चार हप्तामा १० करोड ७५ लाख ग्रसकलेक्सन गरेको छ । ‘महाजात्रा’को अन्तर्राष्ट्रिय वितरक एमएसएमका अनुसार यो कलेक्सन भारतबाहिरको मात्रै हो ।

चार हप्तामा यो चलचित्रले नेपालमा १५ करोड ९० लाख ग्रसकलेक्सन गरेको छ । नेपालमा र विदेशमा गरेर जम्मा २६ करोड ६५ लाख कलेक्सन गरेको निर्माता म्याक्सले जानकारी दिए ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा वीपन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, हरिवंश आचार्य र वर्षा राउत मुख्य भूमिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *