देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन


नेपालमा सिनेमा शिक्षा प्रदान गरिरहेको अस्कर कलेजले देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्ने भएको छ । चैत १४ देखि २५ सम्म सञ्चालन हुने सिनेमा साक्षरता अभियान पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मका प्रमुख दश सहरमा गर्न लागिएको अस्कर कलेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पूर्वको बिर्तामोडबाट सुरु हुने सिनेमा साक्षरता अभियान बिराटनगर, इटहरी, जनकपुर, हेटौंडा, चितवन, बुटवल, दाङ, धनगढी हुँदै पोखरामा आएर समापन हुनेछ ।

कलेजका प्राध्यापक रामराजा दाहालका अनुसार नयाँ पुस्तालाई सिनेमासम्बन्धी आधारभूत जानकारी दिने र उनीहरूमा सिनेमाप्रति रुचि जगाउने उद्देश्यले यो अभियान गर्न लागिएको हो ।

विशेष गरी प्लस टु सकेर ब्याचलर तहमा के पढ्ने भन्ने सोचिरहेका विद्यार्थीलाई लक्षित गरिएको यो अभियानमा हरेक सहरमा एक दिने कार्यशालामार्फत् सिनेमा शिक्षाका विविध पक्ष समेटिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *