फिल्म ‘साम्राज्य’ निर्माणको घोषणा


फिल्म ‘साम्राज्य’ निर्माणको घोषणा गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बाबु साहेब बलामीको निर्देशनमा बन्न लागेको फिल्मको निर्माण घोषणा गरिएको हो ।

यो फिल्ममा भोजपुरी फिल्मका नायक कुन्दन भारद्वाज, देव सिंह, प्रशान्त ताम्राकार, अनुजा लेप्चाको मुख्य भूमिका रहनेछ । फिल्मलाई नेपाली र हिन्दी भाषामा गरि दुई भाषामा रिलिज गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । हरिबहादुर घलेको छायांकन रहने फिल्ममा शंकर अधिकारीले गीत लेखेका छन् । अनुजा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा हिरा बहादुर लेप्चा र पूर्णिमा लेप्चाको लगानी रहनेछ ।

फिल्मको छायांकन जेठको ५ गतेबाट सुरु गरिनेछ । एक्सन जनरामा यो फिल्म निर्माण हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *