फिल्म रावायणको छाया‌कंन सुरु


फिल्म रावायणको छाया‌कंन सुरु भएको छ । निर्माण पक्षले सोमबार जनकपुरबाट फिल्मको छायांकन सुरु गरेको हो ।

सुदर्शन थापाको निर्देशन रहने यस फिल्ममा नायक पल शाह, नायिका पूजा शर्मा, प्रियंका कार्की, निकिता चण्डक, नायक प्रमोद अग्रहरी लगायतको मुख्य अभिनय रहने बताइएको छ । उनीहरूसहित प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकालको अभिनय रहने बताइएको छ ।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बन्ने यस फिल्म सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् । यो फिल्म शिवम अधिकारीको लेखेका हुन् ।

पहिला निर्देशक थापाले यस फिल्मको मुख्य भूमिकामा नायक अनमोल केसी र मोडल नीति शाहलाई अनुबन्ध गरेका थिए । अनमोलले अन्तिम समयमा फिल्मबाट हात झिकेपछि यस फिल्मको निर्माण अलपत्र परेको थियो । यो घटनाले कानुनी रूप पनि लिएको थियो ।अग्रिम भुक्तानी लिएर फिल्ममा काम नगरेका कारण अनमोल प्रहरीको नियन्त्रणमा समेत परे । नीतिको डेब्यू फिल्म रहने भनेर समेत फिल्मले चर्चा पाएको थियो । अहिले अनमोल र नीति दुवै फिल्ममा छैनन् । त्यस बेला यस फिल्म सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा बन्ने घोषणा गरिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *