‘महाजात्रा’ : नेपालमा दश करोड १५ लाख ग्रस कलेक्सन


फिल्म ‘महाजात्रा’ले बक्स अफिसमा बम्पर व्यापार गरिरहेको छ । पहिलो साता ६ करोड माथिको ग्रस कलेक्शन गरेको फिल्मले दोस्रो सातामा पनि आक्रामक व्यापारलाई जारी राख्यो ।

यो फिल्मले दुई सातामा १० करोड १४ लाख ग्रस कलेक्शन गरेको निर्माणपक्षले उपलब्ध गराएको आँकडामा उल्लेख छ ।

योसँगै यसको टिमले फिल्मलाई ब्लकबस्टर घोषणा गरेको छ । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको यो फिल्म हेर्नका लागि मध्यरातसम्म हलमा दर्शक पुगेका छन् । फिल्मको निर्माण टिमले केही दिन अगाडि एफक्यूब हलमा रातको २ बजे फिल्म हेरेर फर्किएका दर्शकसँग साक्षात्कार समेत गरेको थियो । लामो समयपछि नेपाली फिल्ममा यस्तो लोभलाग्दो व्यापार देखिएको हो ।फिल्मले १० करोडको ग्रस कलेक्शन गरेसँगै यो बर्षको सर्वाधिक कमाई गर्ने दोस्रो फिल्ममा ‘महाजात्रा’ उक्लिएको छ । यो बर्ष सर्वाधिक कमाई गर्ने फिल्ममा ‘जारी’ छ ।

हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय छ । फिल्मको आज तेस्रो साताको शुक्रबारमा पनि व्यापार राम्रो हुने देखिएको छ । अब, यो फिल्मले ‘जारी’को रेकर्ड ब्रेक गर्छ या गर्दैन, त्यो हेर्न भने बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *