नेताहरूविरुद्ध तथानाम स्टाटस लेखे कारबाही हुन सक्छ


नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूभन्दा माथिका नेताहरूलाई अपमान गर्ने गरी स्टाटस नलेख्न निर्देशन दिएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित वाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका नेता/कार्यकर्ताहरूले आफूभन्दा माथिका नेताहरूलाई लक्षित गरी तथानाम स्टाटस लेखेको भन्दै गलत स्टाटसहरू कारबाहीको दायरामा आउने चेतावनी दिए ।उनले जथाभाबीरूपमा पार्टीका आन्तरिक कुराहरू र नेताहरूलाई विपक्ष बनाएर स्टाटस नेलख्न सचेत गराए । कुनै विमति भए पार्टीभित्रका कमिटीमा छलफल गर्न सकिने उनको भनाइ छ ।

उनले आफूले लेखेको स्टाटसको जिम्मेवारी लिन सक्ने गरी मात्रै स्ट्याट्स लेख्न आग्रह गरे ।मैले कतिपय साथीहरूका स्टाटसहरू हेरेको छु । नेताहरूको स्टाटसहरू हेरेको छु । आफूभन्दा माथिका नेताहरूलाई तथानाम बोलेर । स्टाटस कारबाहीको विषय बन्नेछ । म सचेत पनि गराउन चाहन्छु । यदि बेलगाम भयो मान्छे, छाडा भयो भने । थाहा छैन जथाभाबी लेख्नुहुँदैन भन्ने ? यहाँ कमिटीमा छलफल गर्नुस् । बाहिर किन स्टाटस लेख्नुहुन्छ ? त्यस्तो काम नगर्नुस्,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *