फाइनान्स कम्पनीको खराब कर्जा २० प्रतिशतसम्म पुग्यो


फाइनान्स कम्पनीहरूको नन पर्फमिङ लोन (एनपीएल) अर्थात् खराब कर्जा करिब २० प्रतिशतसम्म पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत पुस मसान्तसम्मको तथ्यांक हेर्दा यस्तो देखिएको हो । वित्तीय संस्थाहरूले निश्चित समयका लागि समय–समयमा सावाँ तथा ब्याज भुक्तानी गर्ने सर्तमा कर्जा प्रवाह गरेका हुन्छन् । सो कर्जा समयमा भुक्तानी भएन भने खराब कर्जामा राख्ने गरिन्छ । जानकी फाइनान्स कम्पनीको यस्तो कर्जा १९.९९ प्रतिशत पुगेको हो ।

फाइनान्स कम्पनीहरुमध्ये सर्वाधिक खराब कर्जाको दोस्रो नम्बरमा गोर्खाज फाइनान्स कम्पनी रहेको छ । यस कम्पनीको खराब कर्जा १३.७३ प्रतिशत पुगेको छ । यता, प्रोग्रेसिभ फाइनान्स लिमिटेडको खराब कजाए ११.४५ प्रतिशत हुँदा नेपाल फाइनान्स लिमिटेडको १०.५२ प्रतिशत पुगेको छ ।

त्यस्तै, रिलायन्स फाइनान्सको ९.६७ प्रतिशत, सेन्ट्रल फाइनान्सको ९.४४प्रतिशत, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको ६.४५ प्रतिशत, गुडविल फाइनान्सको ५.२३ प्रतिशत, पोखरा फाइनान्सको ४.७६ प्रतिशत र मञ्जुश्री फाइनान्सको ३.५० प्रतिशत खराब कर्जा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *