एपिएफले जित्यो मुख्यमन्त्री कप भलिबलको उपाधि


विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

आज भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–१ सेटले पराजित गर्दै एपिएफले उपाधि हात पारेको हो । एपिएफ क्लबले १४–२५, २५–२३, २५–२१ र २५–२१ अङ्कले जितेको हो ।

उपाधि विजेता एपिएफले नगद रु तीन लाख, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । उपविजेता गण्डकी प्रदेशले नगद रु एक लाख ५० हजार, प्रमाणपत्र र ट्रफी हात पारेको छ ।त्यसैगरी नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । पुलिसले आर्मीलाई ३–१ सेट अङ्कले पराजित गरेको हो । तेस्रो पुरस्कार प्राप्त गर्न सफल नेपाल पुलिस क्लबले नगद रु नगद ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी त्रिभुवन आर्मी क्लबले सान्तवना पुरस्कार रु ३० हजार, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल सङ्घ सङ्खुवासभाको संयोजनमा प्रतियोगिता फागुन १५ देखि सुरु भएको थियो । प्रतियोगितामा विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिएको भलिबल सङ्घका केन्द्रीय सदस्य प्रवीण श्रेष्ठले बताए ।प्रतियोगितामा उत्कृष्ट खेलाडी एपिएफका विजय थापा, उत्कृष्ट स्पाइकर गण्डकी प्रदेशका रवि केशीले हात पारेका छन् । त्यस्तै उत्कृष्ट सटर एपिएफका लोकेन्द्र गिरी, उत्कृष्ट सरभर एपिएफका विश्वास अधिकारी, उत्कृष्ट ब्लकर गण्डकीका सरोज बर्देवा, उत्कृष्ट लिबेरो एपिएफका विनोद चन्द र उत्कृष्ट प्रशिक्षक एपिएफका पुष्पजङ्ग मल्ललाई पुरस्कृत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *