साउन पहिलो हप्ता ५० हजार मेट्रिकटन मल नेपाल भित्रिने कृषिमन्त्री यादवको दाबी


कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादवले रविबालीका लागि आवश्यक युरिया मल साउनको पहिलो सातादेखि नेपाल भित्रिन सुरु हुने जानकारी दिएका छन् । उनले ओमनबाट नेपाल सरकारले खरिद गरेको ५० हजार मेट्रिकटन युरिया मल साउनको पहिलो सातादेखि भित्रिने बताएका हुन् ।

जनता समाजवादी पार्टी नेपालले वीरगञ्जमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले धानबालीका लागि आवश्यक डीएपी मलको अभावबाट पाठ सिक्दै सरकारले बालीका लागि पहिलेदेखि नै आवश्यक रासायनिक मलको व्यवस्थामा जुटेको जानकारी दिए । उनले नेपाल सरकारले ओमानबाट आयात गरेको मलमध्ये ३० हजार मेट्रिकटन युरिया कृषि सामग्री कम्पनीले र २० हजार मेट्रिकटन साल्टट्रेडिङ कम्पनीले आयात गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *